arrow

८ घण्टापछि नियन्त्रणमा आयो यतिकाे केमिकल फ्याक्ट्रीमा भएको आगलागी

logo
प्रकाशित २०७४ असार ४ आइतबार
aaglagi_bhaktapur.jpg

काठमाडौं । भक्तपुरमा रहेको यति कार्पेट उद्योगमा लागेको आगलागी ८ घण्टापछि नियन्त्रणमा आएको छ । भक्तपुरको सल्लाघारीबाट नगरकोट जाने बाटोमा रहेको यतिको केमिकल फ्याक्ट्रीमा राती ११ बजेबाट शुरु भएको आगलागी झण्डै ८ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । 

आगलागीमा कति सम्पत्ति क्षति भयो भन्ने विवरण अझै आईनसकेको पनि प्रहरीले जनाएको छ । यद्यपि घटनामा एक अर्ब भन्दा बढीको क्षति भएको आकलन गरिएको छ । रातीदेखि नै काठमाडौं भक्तपुर र ललितपुरका वारुणयन्त्रहरुको सहयोगमा आयो निभाउने प्रयास भएपनि विहान मात्रै आगो नियन्त्रणमा आएको हो । 

आगो निभाउन जुद्ध वारुण यन्त्रको २, नेपाली सेनाको २, काठमाडौंको २, ललितपुरको १, नेपाल प्रहरीको १ गरी ८ दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएकँ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ