arrow

उम्मेदवारी दर्ता जारीः आन्दोलित राजपाले रुपन्देहीमा दियो उम्मेदवारी

logo
प्रकाशित २०७४ असार ४ आइतबार
rastriya-janata-party1.jpg

बुटबल । आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टी नेपाल राजपाले रुपन्देहीमा उम्मेदवारी दिएको छ । रुपन्देहीको समरीमाई गाउँपालिकामा राजपाका उम्मेदवारहरुले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

निर्वाचन आयोगले पार्टीको नामबाट चुनाव चिन्ह नदिएपछि त्यहाँका उम्मेदवारहरु स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । 

समरी गाउँपालिकाको अध्यक्षमा अशोक शुक्लाले उम्मेदवारी दिएका हुन् । त्यस्तै राजपाले उपाध्यक्षमा पनि उम्मेदवारी दिएको छ । उनीहरु मछुवार क्षेत्रका नेताहरु हुन् । राजपाको मछुवार क्षेत्रमा पकड छ । 

योसंगै उम्मेदवारी दर्ता प्रक्रिया बिथोल्न पार्टीले आयोजना गरेको तराई बन्दलाई ठूलो धक्का लागेको छ । 

असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता आइतबार बिहान ८ बजेदेखि जारी रहेको छ । दर्ता प्रक्रिया अपरान्ह ८ बजेसम्म हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ