arrow

स्थायी गर्न माग गर्दै अस्थायी शिक्षक आमरण अनशनमा

logo
प्रकाशित २०७४ असार ४ आइतबार
asthae_sikchyak1.jpg

काठमाडौ ।  संयुक्त अस्थायी शिक्षक केन्द्रीय सङ्घर्ष समितिले सामान्य प्रक्रियाबाट स्थायी गर्नुपर्ने माग गर्दै विगत तीन दिनदेखि आमरण अनशन थालेको छ ।

देशभरका ३० हजारभन्दा बढी अस्थायी शिक्षकले विभेदकारी विज्ञापन खारेज गरी अहिले कार्यरत आफ्नो कोटामा आफैँले परीक्षा दिन पाउने गरी विज्ञापन खुलाउनुपर्ने माग राख्दै शुक्रबारदेखि आमरण अनशन सुरु गरेका हुन् । 

आमरण अनशन बस्ने अस्थायी शिक्षकमा पर्साका किसुनप्रसाद यादव, गोरखाका जितबहादुर गुरुङ, बझाङकी कमलावती जोशी, पर्साकी सुलेखादेवी कायस्थ र बाजुराकी कलु केसी रहेका छन् । जुम्लाबाट काठमाडौँ आई आन्दोलनमा सहभागि हुनुभएकी शान्ति शाही राज्यले अस्थायी शिक्षकलाई विभेद गरेको बताइन् । 

“२०-२५ वर्षदेखि अस्थायीरुपमा पढाउँदै आएका शिक्षकलाई राज्यले अहिले आएर अयोग्य भन्न मिल्छ र ? अयोग्य भए हामीलाई किन अध्यापन अनुमतिपत्र दियो ?,” जुम्लाको रुपकोट निमाविमा विगत १३ वर्षदेखि अध्यापन गर्दै आउनुभएकी शाहीले भनिन् । 

बाजुराबाट काठमाडौँ आई अनशन थालेकी कलु केसीले अस्थायी शिक्षकको मागप्रति राज्य गम्भीर नभएको आरोप लगाइन् । “अस्थायी शिक्षकलाई असक्षम भनेर माला लगाउन खोजिँदैछ, यो सरासर अन्याय हो,” । उनले अहिले जारी गरिएको शिक्षक सेवाको विज्ञापन रद्द गर्नुपर्ने माग गरीन । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने संयुक्त अस्थायी शिक्षक केन्द्रीय सङ्घर्ष समितिले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ