arrow

चिकित्सा शिक्षाको विद्यार्थी भर्ना अनियमितताको खबरले विज्ञहरु फायर (विज्ञप्तिसहित)

logo
प्रकाशित २०७४ असार ४ आइतबार
mathema-karyedal-news.jpeg

काठमाडौं । चिकित्सा क्षेत्रका विज्ञहरुले चिकित्सा शिक्षाको विद्यार्थी भर्ना अनियमितताबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

केदारभक्त माथेमा, प्राध्यापक डाक्टर अर्जुन कार्की, प्राध्यापक डाक्टर मदन उपाध्याय, प्राध्यापक डाक्टर रमेशकान्त अधिकारी र प्राध्यापक डाक्टर भगवान कोइरालाले एक वक्तव्य जारी गररे चिकित्सा शिक्षाको विद्यार्थी भर्ना अनियमितताबारे ध्यानकर्षण गराएका हुन् ।

विज्ञप्तिमा मेडिकल शिक्षामा सुधारका लागि उच्चस्तरीय कार्यदलमा बसेर काम गर्दा हामीले नेपालको मेडिकल शिक्षा र स्वास्थ्य सेवा दुबैको गहिरो अध्ययन गरेर ती क्षेत्र सुधारका लागि प्रस्ट मार्गचित्र प्रतिवेदन दिएका थियौं । त्यो प्रतिवेदनको महत्वपूर्ण अंश भनेको चिकित्सा शिक्षा ऐनअन्तर्गत आयोगको गठन हो । अहिले सो ऐन बन्ने क्रममा रहेकाले संसदबाट त्यो छिटै पारित होला भन्ने हाम्रो विश्वास छ, भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ऐन नबन्दै पनि सुधारका लागि तत्काल गर्नुपर्ने अनेक कामहरु हामीले सिफारिश गरेका थियौं । तीमध्ये सबैभन्दा महत्वपूर्ण कुरा भनेको विद्यार्थी भर्नामा कायम मनोमानीको अन्त्य गर्नु हो । जबसम्म नियामअनुसार तोकिएको शुल्कमा भर्ना गर्ने काम हुँदैन तबसम्म कुनै पनि संकायमा योग्य विद्यार्थी प्रवेश गरेर पढ्ने सम्भावना हुँदैन ।’

यो वर्ष त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले स्नातकोत्तर तहमा योग्यताक्रमको आधारमा भर्ना लिने प्रयासलाई असफल बनाउन खोजिएको भन्ने समाचारहरुले हामीलाई निकै दुःखी तुल्याएको छ ।
 

विज्ञप्तिको पूर्णपाठ

चिकित्सा शिक्षामा विद्यार्थी भर्नामा अनियमितता बारे ध्यानाकर्षण

मेडिकल शिक्षामा सुधारका लागि उच्चस्तरीय कार्यदलमा बसेर काम गर्दा हामीले नेपालको मेडिकल शिक्षा र स्वास्थ्य सेवा दुबैको गहिरो अध्ययन गरेर ती क्षेत्र सुधारका लागि प्रस्ट मार्गचित्र प्रतिवेदन दिएका थियौं । त्यो प्रतिवेदनको महत्वपूर्ण अंश भनेको चिकित्सा शिक्षा ऐनअन्तर्गत आयोगको गठन हो । अहिले सो ऐन बन्ने क्रममा रहेकाले संसदबाट त्यो छिटै पारित होला भन्ने हाम्रो विश्वास छ ।
तर ऐन नबन्दै पनि सुधारका लागि तत्काल गर्नुपर्ने अनेक कामहरु हामीले सिफारिश गरेका थियौं । तीमध्ये सबैभन्दा महत्वपूर्ण कुरा भनेको विद्यार्थी भर्नामा कायम मनोमानीको अन्त्य गर्नु हो । जबसम्म नियामअनुसार तोकिएको शुल्कमा भर्ना गर्ने काम हुँदैन तबसम्म कुनै पनि संकायमा योग्य विद्यार्थी प्रवेश गरेर पढ्ने सम्भावना हुँदैन ।
यसै सन्दर्भमा यस वर्ष त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले स्नातकोत्तर तहमा योग्यताक्रमको आधारमा भर्ना लिने प्रयासलाई असफल बनाउन खोजिएको भन्ने समाचारहरुले हामीलाई निकै दुःखी तुल्याएको छ । कति निजी मेडिकल कलेजले त मनोमानी रुपमा विद्यार्थी भर्ना लिएर त्यसको सुची आइओएममा पठाउने धृष्टता समेत गरेका रहेछन्, जबकि आइओएमले ओपन हाउस काउन्सेलिङ गरेर योग्यताक्रमका आधारमा मात्र भर्ना गर्ने भनेर बारम्बार सूचना निकालेको कुरा सर्बबिदितै छ । त्यसको अतिरिक्त सम्मानित सर्वोच्च अदालतले समेत मेरिटका आधारमा तोकिएको शुल्कमा मात्र भर्ना गर्न अन्तरिम आदेश दिइसकेको छ । नियमनकारी निकायलाई अटेरी गर्ने र न्यायालयको फैसलाको समेत अपहेलना हुने यस्तो अराजकता कुनै पनि हालतमा स्वीकार्य हुन सकदैन  ।
त्रिविजस्तो देशकै प्रमुख विश्वविद्यालयका पदाधिकारीहरुले महिनौंसम्म यस्तो अराजक प्रवृतिको गम्भीर विषयमा स्पष्ट र उपयुक्त निर्णय गर्दै अबिलम्ब कार्यान्वयन नगुर्न गैरजीम्मेवारपुर्ण कार्य मात्र नभइ दुःखद कुरा पनि हो ।
यस्तो अराजकता रोक्नका लागि चिकित्सा शिक्षा ऐनलाई संसदबाट शिघ्रातिशीघ्र पारित गरेर चिकित्सा शिक्षा आयोग गठन गर्न अत्यावश्यक छ  । ऐन पारित नहुँदासम्म मेडिकल शिक्षाका सबै तहमा सबै खालका भर्ना लिँदा अधिकारप्राप्त सम्बन्धित निकायले तोकिएको शुल्कमा विशुद्ध मेरिटका आधारमा भर्ना लिने व्यवस्था गर्न हामी सम्बन्धित सबै पक्षहरुलाई आग्रह गर्दछौ । साथै नेपाल सरकारले नियामक निकायको अनुमतिविना जथाभावी विद्यार्थी भर्ना लिने जस्तो अराजक कार्यलाई तत्काल अन्त गर्न सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्दर्छौं ।
केदारभक्त माथेमा
प्रा.डा.अर्जुन कार्की
प्रा.डा.मदन उपाध्याय
प्रा.डा.रमेशकान्त अधिकारी
प्रा.डा.भगवान कोइराला



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ