arrow

बाजुरामा काँग्रेस-एमाले झडप, एकको ज्यान गयो 

logo
प्रकाशित २०७४ असार ४ आइतबार
congress-n-uml-falg.jpg

काठमाडौं – बाजुरामा काँग्रेस र एमालेका कार्यकर्ताहरुबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका एसपी कृष्ण खड्काका अनुसार मनोनयन दर्ता गर्न जाने क्रममा यी दुई पक्षबीच भएको झडपमा एमालेका कार्यकर्ता ५० वर्षीय धनबहादुर रावतको ज्यान भएको हो । 

मनोनयन गर्न जानुपूर्व दुई पक्षबीच नै ढुंगा हानाहान चलेको थियो । जिल्लाको डोगडी भन्ने ठाउँमा भएको सो झडपमा  झण्डै एक दर्जन भन्दा बढी कार्यकर्ताहरु घाईते भएका छन् । छेढेदह गाउँपालिकाको उम्मेदवारी दर्ताका लागि जाने क्रममा झडप भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ