arrow

राजपाको चुनाव विथोल्ने अभियान कमजोर, मतदान गर्ने दिन बन्द आव्हान

logo
प्रकाशित २०७४ असार ५ सोमबार
rajapa_photo.jpg

काठमाडौं । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग नलिई चुनाव विथोल्ने रणनीति बनाएको राष्ट्रिय जनता पार्टी नेपाल राजपाले मनोनयन दर्ताको दिन असफलता पाएपछि केही कमजोर सावित भएको छ । 

राजपाले चुनाव असफल पार्न चुनावको दिन असार १४ गते मधेस र थरुहट तथा आमहड्ताल कायमै रहेको जनाएको छ । 

राजपाले असार ५ र ६ गते दुई दिन उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन दबाब दिनेसमेत विज्ञप्तिमार्फत जनाएको छ । 

निर्वाचन विरोधी कार्यक्रम सार्वजनिक गर्ने क्रममा राजपाले बन्दका क्रममा आइतबार पक्राउ परेका ४५५ जना आफ्ना कार्यकर्ता रिहाइका लािग सरकारसंग मागसमेत गरेको छ । 

आफ्नै कार्यकर्ताले पार्टी नीतिविपरित उम्मेदवारी दर्ता गरेपछि कायल बनेको राजपाले असार १० गतेदेखि पाँच दिनका लागि पूर्व घोषणा गरेको आमहड्ताल भने फिर्ता लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ