arrow

पाँचथरमा एमालेमा पहिरो, ढेड सय एमाले कार्यकर्ता काँग्रेसमा, भित्र्याए गगनले

logo
प्रकाशित २०७४ असार ५ सोमबार
uml-to-congress.jpg

पाँचथर । चुनावको मुखमा पाँचथरमा नेकपा एमालेलाई झड्का लागेको छ । पाँचथरको हिलिंग गाउँपालिकाका एक सय ५० बढी एमाले कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् । 

नेपाली काँग्रेसका युवा नेता एवं निवर्तमान स्वास्थ्य मन्त्री गगन थापाले सोमबार बिहान  उनीहरुलाई काँग्रेसमा प्रवेश गराए । 

काँग्रेसमा प्रवेश गर्नेमा पूर्व भारपा गाविसका ०५४ सालका गाविस अध्यक्ष तीलविक्रम इदिङ्गो पनि हुन् । 
उनी मेची अञ्चल सल्लाहकार समितिका सदस्यका साथै पाँचथर जिल्ला कमिटि सदस्यसमेत हुन् ।

काँग्रेस प्रवेश गर्नेहरुले काँग्रेसले नै अब मुलुकलाई बचाउँछ भन्ने विश्वास जागेरै एमाले छोडेको बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा एमाले कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेसंगै सो क्षेत्रमा काँग्रेसीबीच उत्साहसमेत बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ