तेह्रथुममा कांग्रेसले खाता खोल्यो, दलित महिला सदस्यमा निर्विरोध निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०७४ असार ५ सोमबार
639
Shares
तेह्रथुम। दोश्रो चरणको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले खाता खोलेको छ। तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसकी दलित महिला सदस्यतर्फकी उम्मेदवार विजुलीमाया शंकरको एकल उम्मेदवारी परेको छ। उनी निर्विरोध निर्वाचित हुने भएकी कांग्रेस जिल्ला सभापति गोविन्द ढुंगानाले जानकारी दिए।
निर्वाचन आयोगले तोकेको समयमा उनको उम्मेदवारी विरुद्ध कुनैपनि उजुरी वा दाबी विरोध नपरेको खण्डमा उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिने निर्वाचन अधिकृत प्रकाश आचार्यले जानकारी दिए। सो वडामा दलित महिला सदस्यका लागि अरु कसैले पनि उम्मेदवारी नदिएकाले उनी निर्विरोध निर्वाचित हुने भएकी हुन्। सो वडामा एक घर मात्रै दलित घरधुरी रहेकाले बिजुलीमायाको एकल उम्मेदवारी परेको हो।