arrow

प्रदेश ५ मा पनि चुनाव रोक्न परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

logo
प्रकाशित २०७४ असार ५ सोमबार
Suprim-court-new-a.jpeg

काठमाडौं । सर्वोच्चले तराई मधेसका ११ जिल्लाको चुनाव रोक्न माग गर्दै परेको रिटमा तत्काल अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको जनाएको छ ।

अधिवक्ता सुनिलकुमार पटेलले दायर गरेको रिटको सुनुवाई गर्दै न्यायाधीश ओमप्रकाश मिश्रले सोमबार कारण देखाउ ओदश मात्रै जारी गरेको छ । यद्यपि,  चुनाव रोक्न तत्काल अन्तरिम आदेश दिनु नपर्ने सर्वोच्चको ठहर छ । दुबै पक्षको बहस सुनेर मात्र आदेश दिनु उपयुक्त हुने भन्दै असार ८ गतेका लागि अर्को पेशी तोकिएको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।

स्थानीय तह पुनः संरचना आयोगले स्थानीय तहमा सहमति नजुटाएकाले सम्बन्धित ठाउँको संख्या पुनरावलोकन नगरी हुने चुनाव गर्न नहुने रिट निवेदकको तर्क थियो ।

अदालतले विपक्षीको माग बमोजिम अन्तरिम आदेश किन जारी नगर्ने ? भन्दै प्रधानमन्त्री कार्यालयसहितका विपक्षीलाई लिखित जवाफ पेश गर्न भनेको छ ।

सरकारले प्रदेश नम्बर २ को चुनाव असोज २ लाई सारेपछि अधिवक्ता पटेलले ५ नम्बर प्रदेशकाे पनि चुनाव राेक्नु पर्ने भन्दै रिट दर्ता गरेका थिए । यद्यपि, नवलपरासी, रुपन्देही र कपिलबस्तुमा भने असार १४ गते नै चुनाव हुन लागेको छ । जसको उम्मेदवारी दर्ताको काम समेत सकिइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ