arrow

डा शेखर कोइरालको दूरदृष्टि बोलीः अबको निर्वाचनमा काँग्रेस पहिलो 

ओलीलेआफू राष्ट्रवादी भन्दै भूलभूलैयामा राखेको आरोप

logo
प्रकाशित २०७४ असार ६ मंगलबार
shekhar-rolpa-news.jpeg

पाँचथर । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले अब हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् । 

पाँचथरको फिदिममा मंगलबार बिहान उनले यस्तो बताएका हुन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनको जस्तो केन्द्रबाटै निर्देशन दिएर तालमेल नगरेको र उम्मेदवार छनोट पनि क्षमता, योग्यता र पार्टीलाई योगदान दिएका व्यक्तिलाई दिएको हुँदा अब पहिलो पार्टी बन्ने उनको भनाइ थियो । 

यस्तै, उनले नेकपा एमालेका अध्यक्षले अहिले पनि आफू राष्ट्रवादी भन्दै जनतालाई भूलभूलैयामा राखेको बताए । 

सत्ता बाहिर हुँदा हिमाल पहाडमा छुट्टै राष्ट्रवाद र मधेसमा उग्र राष्ट्रवादको अफवाह फैलाएर मुलुकलाई बर्बाद गर्न नहुने उनको भनाइ थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ