arrow

एमाले उम्मेदवारको चुनावी एजेण्डा : सुत्केरीलाई विशेष सुविधा 

logo
प्रकाशित २०७४ असार ६ मंगलबार
UML_tulsipur.jpg

तुलसीपुर । तुलसीपुर उप महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार घनश्याम पाण्डेले सुत्केरी महिलाहरुका लागि विशेष आरक्षणको कार्यक्रम अगाडि बढाइने बताएका छन् । घरमै सुत्केरी गराउँदा महिला तथा बच्चाको ज्यान जोखिममा पर्ने भएकोले यस्तो कुरालाई निरुत्साहित गर्नका लागि हरेक सुत्केरी महिलालाई पाँचहजार रुपैयाँ प्रोत्साहन स्वरुप भत्ता दिइने बताएका छन् । 


तुलसीपुर उप महानगरपालिका वडा नम्वर ७ को चुनावी सभालाई टिक्रापातुमा सम्बोधन गर्ने क्रममा उप मेयरकी उम्मेदवार सुशीलाआचार्यले महिलाको पक्षमा एमालेले निरन्तर आवाज उठाउँदै आएको वताइन् ।

टिक्रापातुका अग्रज श्यामलाल थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दोलखाका सभासद पार्वत गुरुङ, वडाध्यक्षकी उम्मेदवार सुशीला आचार्य, एमाले दाङका अध्यक्ष टिकाराम खड्का, पुर्व अध्यक्ष जोगवहादुर राना लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन हरि भण्डारीले गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ