arrow

बागझोराको बाढीपहिरोले हेटौँडा–कुलेखानी यातायात अवरुद्ध

logo
प्रकाशित २०७४ असार ७ बुधबार
pahiro.jpeg

हेटौँडा । त्रिभुवन राजपथको बागझोरामा बुधबार बिहान परेको पानीले बाढी तथा पहिरो आउँदा बिहानैदेखि हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ तर्फको यातायात सेवा अवरुद्ध भएको छ । 

यसैगरी, बाढीपहिरोले गर्र्दा हेटौँडाबाट दामन तथा पालुङ तर्फको यातायात सेवा पनि अवरुद्ध भएको छ । 

बागझोरामा आएको पहिरो हटाउन हेटौँडाबाट डोजर त्यसतर्फ पठाइसकेको र मौसम सुधार भएमा दुई घन्टाभित्र यातायात चालु गर्ने तयारी गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दवाडीले जानकारी दिए । 

उक्त राजमार्ग अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँतर्फ जाने सुमो जिप, माइक्रोबस, ट्रक र मोटरसाइकल बागझोरामा लामबद्ध भई रोकिनु परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ