arrow

आधिकारिक उम्मेदवारलाई जिताउन कांग्रेसका बागी उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

logo
प्रकाशित २०७४ असार ७ बुधबार
congress-flag.jpg

कृष्णपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली काँग्रेसका बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । कृष्णपुरको वडा नम्बर २ बाट वडा अध्यक्षका बागी उम्मेदवार सिद्धराज जोशी र दिपक मल्लले उम्मेदवारी फिर्ता लिएका हुन् ।   

उनीहरु कांग्रेस समर्थक भएकोले आगामी दिनमा पनि नेपाली कांग्रेसलाई विजयी गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

त्यसैगरी कांग्रेसबाटै बागी उठेका कृष्णपुर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्षका उम्मेदवार चन्द्रबहादुर साउदले चुनाव नलड्ने जनाएका छन् । 

उम्मेदवारी फिर्ता गर्ने समय बितिसकेकोले उनलाई निवार्चन कार्यालयले भने सोली चुनाव चिन्ह प्रदान गरेको छ । 

निर्वाचन अधिकृत भट्टका अनुसार साउदको उम्मेदवारी फिर्ताका लागि निवेदन परेको तर उम्मेदवारले औपचारिक रुपमा उम्मेदवारी फिर्ता नलिएको र चुनाव चिन्ह ग्रहण गर्न उपस्थित नभएकाले निर्वाचन कार्यालयले नै छानेर सोली चिन्ह उपलब्ध गराएको हो । 

साउदले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यालयले चुनाव चिन्ह प्रदान गरेपनि आफूले उम्मेदवारी फिर्ता गरेर पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने बताएका छन् । 

त्यसैगरी वडा नम्बर ९ बाटै स्वतन्त्रका उम्मेदवार हिक्मतराज वस्थीले भने डाक्टर चुनाव चिन्ह प्राप्त गरेर वडा अध्यक्ष्यको उम्मेदवारमा प्रतिस्पर्धा गर्ने भएका छन् । 

यसै गरी शुकलाफाटामा मेयरका उम्मेदवार सहित ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 

६२  पदका लागि २ सय ७८ जनाको उम्मेदवारी परेकोमा चार जनाले फिर्ता लिएका हुन् ।

शुक्लाफाटा नगरपालिकामा स्वतन्त्रको तर्फवाट मेयर पदमा उम्मेदवारी दिएका कांग्रेसका लालबहादुर सिहंले पनि उम्मेबारी फिर्ता लिएका छन् । 

त्यस्तै वडा नम्बर १ का अध्यक्षका सुरत विष्ट, वडा नम्बर ११ का अध्यक्षका उम्मेदवार देवबहादुर विष्ट र वडा नम्बर २ कालागि दलित महिला सदस्यका उम्मेदवार धनादेवी तिरुवाले उम्मेदवारी फिर्ता लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ