arrow

विराटनगर, इटहरी र धरानमा झण्डा गाड्न काँग्रेसले बनायो यस्तो योजना 

logo
प्रकाशित २०७४ असार ७ बुधबार

इटहरी । असार १४ गतेको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले विराटनगर महानगरपालिकासँगै इटहरी र धरान उपमहानगरपालिकामा काँग्रेसको झण्डा गाड्न विशेष योजना बनाएको छ । 

धेरै दलले आँखा लगाएका यी तीन क्षेत्रमा सबैको उत्तिकै योजना रहँदा काँग्रेस फरक शैलीमा अगाडि बढेको हो । 

विराटनगर, इटहरी र धरानका मेयर–उपमेयरका उम्मेदवारलाई डाकेर नेपाली काँग्रेसको प्रचारप्रसार विभागले सोमबार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा तीनवटै क्षेत्रका मेयरका उम्मेदवारले यसपटक जुनसुकै हालतमा जित सुनिश्चित गर्ने ढंगले रणनीतिमा लागेको बताएका छन् । 

विराटनगर त काँग्रेसको वर्चस्व रहदै आएकोमा गुम्न नदिने गरि पुरै तयारीमा लागेको जानकारी दिइयो । 

इटहरी र धरानमा अहिलेसम्म काँग्रेसले नेतृत्व हत्याउन नसकेकाले गर्दा यसपटक भने आशावादी भएर फड्को मार्ने दाउँमा रहेको छ । 

विराटनगरमा काँग्रेस कुनै दलसँग तालमेल नगरिकन चुनाबी मैदानमा उत्रिएको छ । 

अन्य दलहरुले भने तालमेल गरेर अघि बढेका छन् । विराटनगरमा एउटा गठबन्धन एमाले र लोकतान्त्रिक फोरम नेपालबीच तालमेल भएको छ । 

अर्को गठबन्धनमा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच तालमेल भएको छ।

भीम पराजुली, विराटनगरका मेयरका उम्मेदवार

विराटनगरका मेयरका उम्मेदवार भीम पराजुलीले काँग्रेसले विराटनगरमा हरेक जनताको सुखदुःखमा साथ दिंदै आएको र काँग्रेसप्रति जनताको आकर्षण नै जित्ने आधार रहेको बताए । 

उनले संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली काँग्रेसले विराटनगरका विभिन्न वडामा समेत समेटिएको क्षेत्र नं ५, ६ र ७ मा नेपाली काँग्रेसले जितेको स्मरण गर्र्दै त्यसलाई यसपटक पनि कुनै हालतमा गुम्न नदिने बताए ।

भीम विराटनगरका स्वच्छ छवी भएका युवा नेतामा पर्छन् । उनी काँग्रेसको विराटनगरको दोस्रोपटक पार्टी सभापति भएका हुन् । 

नेपाली काँग्रेस मेयरका उम्मेदवार भीम पराजुलीले पत्रकार सम्मेलनमा विराटनगरलाई विशेष आर्थिक क्षेत्र बनाउने चुनाबी एजेन्डा रहेको प्रस्ट्याए । विराटनगरलाई आर्थिक क्षेत्र बनाउँदा रोजगारीको वातावरण सृजना हुनेछ । नेपालकै पहिलो उद्योग जुट मिल बन्द रहेकोमा सञ्चालनमा ल्याइनेछ ।  जुट मिल सञ्चालनमा ल्याउँदा दस हजारले रोजगारीको अवसर पाउनेछन् । विराटनगर जुट मिलकै मजदुरलाई सहभागी गराएर दिवंगत नेता गिरीजाप्रसाद कोइरालाले मजदुर आन्दोलन गरेका थिए । 

रोहित प्रसाईं, इटहरीका मेयरका उम्मेदवार
इटहरीका मेयरका उम्मेदवार रोहितकुमार प्रसाईंले पटकपटक अरु दलले नेतृत्व गर्दा विकास निर्माणले कुनै गति लिन नसकेकाले गर्दा  काँग्रेसको नेतृत्वबाट मात्र सम्भव हुने बताए । 
उनले आफू उद्योग वाणिज्य संघको नेतृत्व गर्दा पनि इटहरीको विकासको निम्ति उदाहरणीय कार्य गरेको पत्रकार सम्मेलनमा प्रस्ट्याए ।

प्रसाई उद्योग वाणिज्य संघ इटहरी वरिष्ठ उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष भएका थिए । उनी अहिले प्रदेश नं १ बाट केन्द्रीय सदस्य छन् । 

इटहरीलाई प्रदेश नं १ को राजधानी बनाउन पहल गर्ने, २५० शैयाको हस्पिताल निर्माण गर्ने र इटहरीलाई पूर्वाञ्चलकै व्यापारिक हब बनाउने चुनाबी एजेन्डा रहेको मेयरका उम्मेदवार रोहित प्रसाईंले बताए । 

इटहरी बजारबाट दक्षिणी क्षेत्रमा समस्या रहेको डुबानलाई सधैका लागि रोक्ने, बजारभन्दा भित्री वस्तीका जनताका निम्ति शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानीलगायतका आधारभूत आवश्यकता सहजै पूरा गरेर छाड्ने पनि प्रसाईंले बताए ।

 तिलक राई, धरान मेयरका उम्मेदवार
धरानमा यसपटकको निर्वाचनमा जसरी पनि जितेर नेतृत्व आफ्नो पक्षमा ल्याउने कसरतमा लागेको मेयरका उम्मेदवार तिलक राईले बताए । 

धरानबाट पटकपटक अरु दलले जित्दा जनता सन्तुष्ट नहुदाँ यसपटक काँग्रेसलाई फाइदा पुग्ने उनले जनाए ।

 ‘धरानमा उपमहानगरपालिका र अन्य दलले ल्याएका योजनाप्रति जनताले विश्वास गर्ने वातावरण नभएकाले गर्दा यसपटक काँग्रेसको विकल्प छैन,’ उनले भने । 

धरानलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरासयी बन्दै गएकाले गर्दा सुधार गर्ने, सुकुम्बासी समस्यालाई पूर्ण रुपमा समाधान गर्ने, सेउती–सर्दुको दोहन भइरहेकोमा त्यसलाई व्यवस्थित गर्ने, केबलकार सञ्चालन गर्नेलगायतका चुनाबी एजेन्डा सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ