arrow

फोरम वडाध्यक्षका उम्मेदवार प्यानल सहित काँग्रेसमा प्रवेश

एमाले र अन्य पार्टीका दर्जनौ पनि आए काँग्रेसमा

logo
प्रकाशित २०७४ असार ७ बुधबार
congress_party-pravesh-banke-from-forum.jpg

बाँके। संघिय समाजबादी फोरमबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२का वडाध्यक्ष सहितको ५ जनाको प्यानल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रबेश गर्नेहरुमा संघिय समाजबादी फोरमबाट वडा नं १२ का वडा अध्यक्ष पदका उम्मेदवार फरहान हुसेन खाँन , वडा सदस्यका उम्मेदवार महिला सदस्य मुन्नी देवी बर्मा , सदस्य किस्मतुल खाँ, डेढराम अहिर र समशुल  भङगी सहितका छन् । 

उनीहरुसंगै वडा नं ९ बाट एमाले समर्थक गोपाल थापा लगायत दर्जन बढी नेपाली काङग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाइ नेपाली काँग्रेसकी नेतृ तथा सांसद डा. आरजु देउवा , नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, नेपाल महिला संघका केन्द्रिय सदस्य मञ्जु खाँड , नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका प्रचार प्रसार संयोजक सुरेन्द्र हमाल , मेयर उम्मेदवार डा.सुरेश कुमार कानोडिया लगायतले नेपाली काँग्रेसको रुख चिन्ह अंकित गम्छा ओडाएर पार्टी प्रवेश गराएका थिए। 

पार्टी प्रवेशमा बोल्दै संघिय समाजबादी फोरमबाट वडा नं १२ का वडा अध्यक्ष पदका उम्मेदवार फरहान हुसेन खाँनले नेपाली काँग्रेसको निति र सिद्धान्त आफूलाइ मन परेकाले नेपाली काँग्रेसमा प्रवेश गरेको बताए। लामो समय मद्येसबादी दलमा लागे तर त्यसले निति अनुरुपको काम नगरेकाले पार्टी परित्याग गरेको उनले बताए। बुझ्दै जाँदा पुरानो र जनताको पार्टी काँग्रेस बाहेक अरु नदेखेकाले अब आजिवन काँग्रेसमै लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

यस्तै बैजनाथ गाउँपालिकामा विभीन्न पार्टीका एक सय भन्दा बढि कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।  नेपाली काँग्रेसको विचार तथा सिद्धान्त मन पराएर आउनेलाई स्वागत गर्दै खादा ओढाएर पार्टी प्रबेश गराइएको बैजनाथ गाउँपालकिाका प्रमुख पदका उम्मेदवार देव बहादुर खत्रीले बताए । वडा नं ८ मा स्थित पेडारीमा भएको बृहत कार्यक्रममा हजारौ कार्यकर्ताको उपस्थिती रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ