arrow

'सरकारले जनतालाई धेरै अन्यौलमा पार्‍याे, अब जनताले एमालेबाहेक कसैलाई पत्याउँदैनन्'

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ असार ८ बिहिबार
nemwang-news-aa.jpeg

पाँचथर । नेकपा एमालेका संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुबास नेम्बाङले तिनै चरणको चुनाव सम्पन्न भएपछि मात्रै संविधान संशोधन गर्न सकिने बताएका छन् । 

पाँचथरको फिदिममा बिहीबार बिहान संचारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । प्रदेश नम्बर २ मा चुनावको मिति सार्दा पनि राजपा सरकारमा नआउने भएपछि सरकारले चुनाव सारेर कुनै अर्थ नभएको उनको भनाई थियो ।

अहिले पनि मधेशको क्षेत्रमा मधेशी तथा जनजातीको पक्षमा रहेको असन्तुष्टिलाई एमालेले क्रमश सम्वोधन गर्दै लैजाने उनले उल्लेख गरे । यसअघि भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो भएको र अब दोस्रो चरणको निर्वाचन र मधेशमा पनि पहिलो पाटी एमाले बन्ने उनले दावी गरे ।

उनले पटक पटक सरकारले एकलौटी ढंगबाट आफूहरुलाई सोध्दै नसोधी चुनावको मिति सारेर जनतालाई अन्योलतामा राखेर ठूलो गल्ती गरेको बताए । अहिले पनि सरकारले निर्वाचन आचार संहिता उल्लंङघन गर्ने गरी गतिविधी गरिरहेकोप्रति आपत्ति जनाउँदै यसलाई तत्काल रोक्न माग गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ