arrow

बाँकेमा प्रचण्डलाई २५ किलोको माला, भोट माग्ने अचम्मको चाला

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
prachanda-_mala.jpg

बाँके । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बाँकेमा २५ किलोको मालाको स्वागत खाएका छन् ।

बाँकेका व्यवसायीहरुले दाहाललाई २५ किलोको माला लगाएर स्वागत गरे ।  पार्टीका चुनावी कार्यक्रममा सहभागी हुने क्रममा बाँकेको नेपालगञ्ज पुगेका पूर्वप्रधानमन्त्री दाहाललाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतले २५ किलोको माला लगाएर स्वागत गरेका हुन् ।

पछि दाहालले बाँकेको बैजनाथ गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गरे । सभामा अध्क्ष दाहालले माओवादी केन्द्रका उम्मेदवारको पक्षमा मत मागे । दाहालले उद्याेगिमार्फत समेत भाेट माग्न लगाए ।

यस्तै दाहाल बाँकेको खजुरा र कोहलपुर समेत पुगे । दोस्रो चरणको स्थानीय तह निर्वाचको प्रचार प्रसारका लागि समय छोटो भएपछि दलहरुले शीर्ष नेताहरुलाई नै जिल्ला जिल्लामा खटाउने रणनीति लिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ