arrow

कांग्रेसका उम्मेदवार जिताएमात्र विकासको मुहान खुल्छ– रामचन्द्र पौडेल

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
Ramchandra.doc-_.jpg

बुटवल । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले अंगाडि सारेका उम्मेद्वारलाई जिताए विकासको मुहान खुल्ने बताएका छन् । 

बिहिबार बुटवल उपमहानगरपालिका वडा नं. १३ बेलबासमा नेपाली काँग्रेसले आयोजना गरेको क्रियाशील भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । चुनाव प्रचारको क्रममा बुटवल पुगेका वरिष्ठ नेता पौडेलले देशको पूर्वाधार निर्माण, आर्थिक,सामाजिक,शैक्षिक सबै क्षेत्रको विकास कांग्रेसले नै गरेको दावी गरे । 
उनले राजनीतिक अधिकारका लागि देशमा भएका सबै आन्दोलनको नेतृत्व गरी परिणाममा पुर्‍यएको र तिनलाई संस्थागत गर्न संविधान निर्माण गर्ने काम समेत नेपाली कांग्रेसले पटकपटक सम्पन्न गरेको उदाहरण प्रस्तुत गर्दै मुलुकमा आर्थिक समृद्धिको लागि कांग्रेसलाई विजयी बनाउनु पर्ने धारणा राखे ।
वडा सभापति पुरुषोत्तम बस्यालको सभापतित्वमा भएको कार्यक्रममा पार्टी रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले एमालेले भ्रमको खेती गरेको बताउँदै त्यसलाई चिरेर नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन आह्वान गरे ।
बिहिबार बुटवलका ज्योतिनगर, आदर्शनगर, चिडिया खोला, दुर्गामन्दिर, अमरपथ लगायतका स्थानमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा घरदैलो अभियान सहित विभिन्न स्थानमा कोणसभा सम्पन्न गरेका छन् । 
कोणसभामा कोल्दै नेपाली काँग्रेसका नेता सांसद हरिप्रसाद नेपालले मुलुकको समुन्नतिका लागि नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए । 
उनले प्रधानमन्त्री र मेयरको शक्ति बराबर रहेको बताउँदै शक्तिको समुचित प्रयोगका लागि पनि नेपाली काँग्रेसलाई जिताउन आह्वान गरे । 

नेता नेपालले बुटवलमा नेकपा माओवादी केन्द्रसंग भएको चुनावी तालमेल विजयका लागि मात्रै नभई पार्टी मेलमिलापको नीति अनुसार समृद्ध बुटवलका निर्माणकोलागि भएको जिकिर गरे । 

त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य पुष्पराज ढकालले मुलुकका बिकास र समृद्धि आवश्यक रहेकाले त्यसैका लागि मुलुकको वास्तविक लोकतान्त्रिक शक्तिसंग चुनावी तालमेल भएको बताउँदै बिकास र समृद्धिकालागि दुई पार्टी बिचको चुनावी तालमेल अनुसार मतदान गर्न आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ