arrow

नलेमा खहरे खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु, दुई घाइते 

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
Solukhumbu-hamrakura.jpg.jpeg

सोलुखुम्बु । सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–१ स्थित नेलेमा खहरे खोलाले बगाउँदा दुई जना बालबालिकाको ज्यान गएको छ । 

बिहीबार दिउँसो परेको ठूलो वर्षापछि आएको बाढीले खोला तर्ने क्रममा उनीहरुलाई बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए । 

प्रहरी निरीक्षक अधिकारीका अनुसार ज्यान गुमाउनेमा नेलेस्थित हिमशिखर बोर्डिङ स्कुलमा एलकेजीमा अध्ययनरत ७ वर्षीय सागर कटवाल र कक्षा २ मा अध्ययनरत ८ वर्षीया रचना बस्नेत रहेका छन् । 

यस्तै, खोलाले बगाएर कक्षा २ मा अध्ययनरत सञ्जु कटवाल र स्थानीय २५ वर्षीय गणेशबहादुर बस्नेत घाइते भएका छन् । मृतकको शव करिब ८०० मिटर तल भेटिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ