arrow

प्रधानमन्त्री देउवा धनगढीमा, ७ नम्बर प्रदेशमा चुनावी सम्बोधन, चुनावपछिमात्र काठमाडौं फर्कने 

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
deuba-saud.jpg

धनगढी । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश नम्बर ७ मा पुगेका छन् । धनगढी पुगेका देउवासंग काँग्रेस केन्द्रीय सदस्य एनपी साउदसमेत छन् ।

उनी धनगढीमा पार्टीको कार्यक्रम सकेर दिउँसो २ बजे कञ्नचपुराको झलारीमा चुनावी संवोधन गर्न पुग्नेछन् । त्यस्तै ४ बजे महेन्द्रनगरको कार्यक्रमलाई संवोधन गर्नेछन् । 

प्रधानमन्त्री देउवा शुक्रबार महेन्द्रनगरमै बस्नेछन् । शनिबार डडेलधुराको जोगबुढा जाने कार्यक्रम छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवा असार १४ गतेको चुनाव सकेरमात्र काठमाडौं फर्कने छन् । 

सो क्रममा उनले सात प्रदेशका विभिन्न जिल्लाका दर्जनौं कार्यक्रममा सहभागीता जनाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ