arrow

स्वतन्त्र भएर भोट हाल्न पाउँदैनन् बाजुराका दलित परिवारले 

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
vote.jpeg.jpeg

बाजुरा । बाजुरा जिल्लाको स्वामिकार्तिक गाँउपालिका ३ जुकोटका ७० वर्षीय नन्दे बि.क.ले अहिलेसम्म पनि स्वतन्त्र रुपमा कुनैपनि निर्वाचनमा मतदान गर्न पाएका छैनन् । उनले धेरै चुनावमा भाग लिए तर एउटा चुनावमा पनि आफूले आफ्नो विवेकले मत हाल्न नपाएको उनी  गुनासो गर्छन् ।यसपालीपनि असार १४ गते स्थानीय तहको निर्वाचन हुँदैछ । तर उनले यसपाली पनि आफ्नो स्वविवेकले निर्वाचनमा मत हाल्न पाउने आशा राखेका छैनन् ।  

उनी यसपाली पनि जता माथिल्लो जातकोले भन्छन् त्यतै भोट हाल्ने तयारीमा छन् । जुकोट गाँउ ठकुरीको बाहुल्यता भएको क्षेत्र हो । नन्दे बि.क. जस्तै जुकोटका २ सय १३ दलित परिवारको समस्या एउटै हो । ती मध्ये अधिकांश दलित परिवार ठकुरी जातिको हलिया बस्दै आएका छन् । जता उनीहरुले भन्यो त्यतै भोट हाल्ने गरेका छौ, यो वर्षमा पनि त्यहि गर्ने गरेको दलित अगुवा मनि विकले बताए । 

सुरु सुरुमा चुनावमा भोट हाल्न लायनमा बस्ने गरेका थियौ, ठकुरी आएर लायन बाट नै मतपत्र खोसेर उनीहरुले हाल्ने गरेका थिए । २०७० सालमा पनि देखाएर नै भोट हाल्नु परेको थियो,अशिक्षित र बुढापाकाहरुको भने उनीहरुले आफै भोट हालिदिने गरेको छन् स्थानीयले बताएका छन् । दलित समुदाय ठुलापटा, कडारबाडा र लुवारबाडा टोलमा बसोवास गदै आएका छन् । दलित समुदायलाई हलिया राखेको भएपनि कमाराका रुपमा ठकुरी जातिले ब्यवहार गर्ने गरेका छन् । सधै दबावमा पर्ने गरेका छौ, स्वतन्त्र रुपमा कहिल्यै भोट हाल्न पाउदैनौ । ठकुरी एमाले भएकै कारण सबैले एमालेलाई भोट हाल्ने गरेका छौ उनीहरुले बताएका छन् । 

आफुहरुले मतदान गर्न ३ पटक पाएपनि आफु लाइनमा बसेपछि अरुले खोसेर भोट हालेको बताएका छन् । उनीहरुको मातहतमा बसेका छौ, कसरी अरु ठाँउमा भोट हाल्ने उनीहरुले बताएका छन् । त्यहाँका ति दलित परिवारले त जे ठकुरीले भन्यो त्यहिमा चल्नु पर्ने बाध्यता उनीहरुमा रहेको छ । बाजुरा देशकै सबैभन्दा बढी गरिबी भएको जिल्लामा पर्दछ । जिल्लामा ६४ प्रतिशत बासिन्दा गरिबीको रेखामुनी रहेका छन्। 

बाजुराका दलित समुदायलाई चुनाव सम्बन्धि कुनै मतलब समेत छैन् । जिल्लामा करिब १८ प्रतिशत दलित समुदायको बसोवास रहेको छ । विगतमा राजनितिक दलका नेताहरुले ठुला, ठुला आशवासन दिने गरेका थिए । आखिर आश्वासन दिने भन्दा अन्य काम नभएकाले दलित समुदाय राजनीतिक दलप्रति विश्वास घटदै गएको दलित अधिकारकर्मी बिनोद कुमार बि.क.ले बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ