arrow

कांग्रेसले जिते बृद्व भत्ता दोब्बर

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
deuba-budo.gif

काठमाडौं ।  नेपाली कांग्रेसका सभापती तथा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसले स्थानीय  निर्वाचनमा जिते बृद्व भत्ता दोब्बर गर्ने बताएका छन् ।  धनगढी उपमहानगरपालीकाको फुलबारीमा आयोजित चुनाबि सभालाई संबोधन  गदै नेता देउवाले सो कुरा बताएका हुन् ।

 साथै उनले गेटा मेडिकल कलेजलाई नेपालकै नमुना उत्कृष्ट शिक्षण अस्पताल बनाउने ,पञ्चेश्पर तथा  पश्चिम सेती  आयोजनाको काम चाँडो सुरु गर्ने कृर्षीमा आधुनिकीकरण गरी लगानी बढाउने बताए । त्यस्ते  कैलाली गौरीफण्टा नाकालाई स्तरउन्नती गर्न भारत सरकारसंग सम्झौता भई सकेको र धनगढीमै भन्सार कार्यालय स्थापना गर्ने धनगढीलाई यस क्षत्रकै  मुख्य ब्यापारिक केन्द्रको रुपमा अगाडि बढाउने बतए । उनले भने उधोग कलकारखाना स्थापनामा छुट दिन्छु ,  देशकै समृद्व सहर धनगढीलाइ बनाउछु । अबको ५ बर्षमा सुदुरपश्चिमका गाँउमा सडक पर्‍याउने बताउदै उनले  सबै सडक कालो पत्रे समेत  हुने जनाए ।

चुनाबी सभालाई पुर्व मन्त्री प्रकास शरण महत,  केन्द्रिय सदस्य प्रदिप पौडेल,  केन्द्रिय सदस्य सचेतक इश्वरि न्यौपाने,  मेयरका उम्मेद्वार नृप वड उपमेयरका उम्मेद्वार सुशिला मिश्र भट्ट लगायतले सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ