ओलीको मण्डले राष्टवादले मुलुकलाई निकाश दिदैन : गुरुङ
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ असार ११ आइतबार
586
Shares
पाँचथर । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेकपा एमाले उग्र राष्टवाद तर्फ अघि वढेको प्रति गम्भिर आरोप लगाएका छन् । गुरुङले पाँचथरको फिदिममा आइतबार बिहान प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै ट्ठो कुरा बताएका हुन् ।
मधेशका समस्या र मुद्धाप्रति एमालेका अध्यक्ष के.पी ओली गम्भिर नभएको भन्दै ओली मण्डले राष्टवाद र अन्धराष्टवादले मुलुकले निकाश नपाउने वताए ।अहिलेको परिस्थितिमा हिमाल पहाड,तराई सवैलाई गोलन्द बनाएर मधेशी,जनजाति,आदिवासी अल्पसंख्यकका मुद्धाहरुलाई सम्वोधन गर्न आवश्यक रहेको उनले उल्लेख गरे।
गुरुङले स्थानिय तहको निर्वाचन समानुपाति प्रणाली बाट हुनुपर्ने आफनो पाटीको निती रहेपनि त्यो हुन नसकेको प्रति दुख ब्यक्त गरे । उनले अहिलेको अवस्थामा राज्यले सवै पाटी,असन्तुष्ट पक्षलाई सहमति सहकार्य बाट अगाडि बढ्न प्रेरिरत गर्नुपर्ने वताए ।