arrow

पाटन सङ्ग्रहालय विस्तार हुँदै

logo
प्रकाशित २०७४ असार १२ सोमबार
patan-durbar-square.jpg

ललितपुर। पाटन सङ्ग्रहालय विस्तार हुने भएको छ । अहिले केशवनारायण चोक र मूल चोकमा मात्रै रहेकामा सुन्दरी चोकसम्म फैलाउन लागिएको हो । सङ्ग्रहालयका प्रमुख सुरेश लाखेका अनुसार सुन्दरी चोकको माथिल्लो तलामा सङ्ग्रहालय फैलाउन लागिएको हो । अहिले प्रकाश संयोजनको काम भइरहेको छ । “एक÷दुई महिनाभित्रै आगन्तुकका लागि सङ्ग्रहालय खुल्ला हुनेछ,” लाखेले भने । सङ्ग्रहालयमा भएका सामग्री फैलाउने भन्दा पनि नयाँ सामग्रीको सङ्कलन गर्ने काम भइरहेको छ । 

सुन्दरी चोकमा हात्तीको दाँतबाट बनेको झ्याल रहेको छ र त्यसलाई पहिलोपटक सर्वसाधरणले हेर्न पाउने उनको भनाइ छ । भित्ते चित्र प्रदर्शनीमा राखिनेछ । सिद्धिनरसिंह मल्लको समयमा बनेको झ्याल ऐतिहासिक रुपले महत्वपूर्ण छ । सङ्ग्रहालय क्षेत्र विस्तार गरिँदा आगन्तुकले घुम्ने धेरै ठाउँ हुने र ज्ञान धेरै पाउनसक्ने लाखे बताउँछन् । 

काठमाडौँ उपत्यका संरक्षण ट्रस्ट(केभीपीटी)ले प्रदर्शनीकक्ष बनाउने काम गर्ने भएको छ । प्रकाश संयोजन, सामग्रीको सङ्कलन लगायतका काम भने सङ्ग्रहालयले नै गर्ने बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ