arrow

पुनर्वासमा विहानै दुईवटा बम फेला, एउटा अझै  डिस्पोज हुन सकेन

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ असार १३ मंगलबार
bumb_punarbars.jpg

पुनर्वास । पुनर्वास नगरपालिकामा विहानै दुई वटा बम फेला परेको छ । पुनर्वास नगरपालिका वडा नं ६ स्थित त्रिभुवन बस्तीको खुल्लामञ्चमा मंगलबार विहान सकेट बम फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्कृय पारेको थियो । 

निर्वाचन कार्यालय देखि ५० मिटरको दूरीमा रहेको सो बम कसले र किन राख्यो भन्ने यकीन भईसकेको छैन । तर सुरक्षा निकायले भने नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम राखेको हुनसक्ने आशंका गरिएको छ । 

त्यस्तै, पुनर्वास नगरपालिका वडा नं ३ स्थित राष्ट्रिय आवास कम्पनीको सामिप्यमा रहेको ६५ विगाहामा ५ केजीको प्रेसर कुकर बम फेला परेको छ । विहान नगरपालिकाका कार्मचारीहरु फोहोर संकलनको लागि जाँदा फोहोरको थुप्रोमा शंकास्पद बस्तु देखेपछि उनीहरुले सुरक्षा निकायलाई जानकारी दिएका थिए । अहिले सो बम पनि डिस्पोज गर्न नेपाली सेनाले प्रयास गरिरहेको छ । 

निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन हुने क्षेत्रमा यस्ता गतिविधिहरु मौलाउन थालेका छन् । उनीहरुले मानवीय क्षति नहुने ठाउँमा बम राख्ने काम गरेकोले यो सबै मतदातामा त्रास जगाउनको लागि मात्रै गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ