- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । जंगली च्याऊ सेवन गर्दा पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ७ लुम्बाफे बस्ने एक बालकको मृत्यु भएको छ । १० वर्षीय स्थानिय चन्द्र बहादुर माखिमका नाती संगम माखिमको मंगलबार विहान निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उनको उपचारका क्रममा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै, जंगली च्याऊ सेवन गरेकी उनकी नातिनी ७ वर्षीया सपना माखीमको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।