arrow

निर्वाचन आयोग भन्छ : पूर्वसचिव मैनालीले अव्यवहारिक परामर्श र धम्की समेत दिन्थे 

logo
प्रकाशित २०७४ असार १३ मंगलबार
commition_release.png

काठमाडौं । निर्वाचन आयोगले आयोगका पूर्व सचिव गोपीनाथ मैनाली माथि आरोप लगाएको छ । आयोगको निर्णय बमोजिम प्रवक्ता सहसचिव सूर्यप्रसाद शर्माले मंगलबार जारी गरेको विज्ञप्तीमा मैनालीले अव्यवहारिक परामर्श दिने गैरजिम्मेवारपूर्ण र अव्यवहारिक दबाब दिएको आरोप लगाएको छ । 

सरुवा भएपछि विभिन्न सञ्चारमाध्ययममा मैनालीले दिएको अन्तर्वार्तालाई लिएर आयोगले यस्तो आरोप लगाएका हुन् । नेपाल सरकारको सचिवले मन्त्रिपरिषद्को निर्णयबाट गरिएको निर्णयमाथि भ्रामक तथा मिथ्या आरोपबाट संवैधानिक आयोगको मान नर्दन गर्नु पखीय मर्यादा विपरित रहेको आयोगको दाबी छ । 

आयोगले पूर्व सचिव मैनालीले अव्यवहारिक परामर्श, गैरजिम्मेवारपूर्ण र अव्यवहारिक दबाब र धम्की दिएपनि यसको बाबजूत पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा र व्यवस्थित रुपमा सम्पन्न गरेको आरोप लगाएको छ । आयोगले विज्ञप्ती मार्फत् नै यस्ता भ्रामक जानकारीको पछि नलाग्न पनि सम्बन्धित सबैमा आग्रह गरेको छ । 

आयोगले सचिव मैनालीलाई मर्यादामा राख्ने वातावण मिलाउन पनि नेपालसरकारसँग आग्रह गरेको छ । एक करोड ६० लाख मतपत्र र एक करोड ४० लाख मतदाता परिचयपत्र छपाई गर्ने समयमा मैनालीले अव्यवहारिक परामर्श र धम्की दिएको आयोगको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ