arrow

नवलपरासीमा पनि सीमाना विवादले कसैले हालेनन् मत 

logo
प्रकाशित २०७४ असार १४ बुधबार
no-vote_8xtaqqmFgT.jpg

काठमाडौं । नवलपरासीमा पनि सीमाना विवादका कारण एउटा मतदान केन्द्रमा कोहीपनि मतदाताले मतदान गरेनन् । सरावल गाउँपालिकाको वडा नम्बर ६ स्थित जनतामावि  मतदान नभएको निर्वाचन अधिकारी टीकाराम ज्ञवालीले जानकारी दिए । सो मतदान केन्द्रमा पार्टीका दुई जना एजेन्टहरुले मात्रै मतदान गरेको बताईएको छ । 

यस अघि सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको वडा नं ६ मा पनि कुनैपनि मतदाताले मतदान गरेका छैनन् । यही घटना नवलपरासीमा पनि दोहोरिएको हो । नवलपरासीमा भने वडाध्यक्ष लगायत सबैले उम्मेदवारी दिएको भएपनि सो मतदान केन्द्रमा मात्रै मतदान नभएको हो । 

कूल ५ सय २ मतदाता रहेको सो मतदानकेन्द्रमा मतदानको समय सकिन ३ घण्टा बाँकी हुँदासम्म जम्मा दुई जनाले मतदान गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ