- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामा नेपाली काँग्रेसले जित दर्ता गराएको छ ।
बडिमालिका नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कार्की ५ सय ४० मत सहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर बिकले २ सय ८३ मत प्राप्त गरेका छन् ।
त्यस्तै बडिमालिका नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार पदम बडुवाल अग्रस्थानमा छन् भने नेकपा एमालेका मेयरका उम्मेदवार गगन रावल ३ सय ९३ मत सहित दोस्रो स्थानमा छन् ।