arrow

बाँकेको नरैनापुरमा संघीय समाजवादीको भारी मतअन्तरले अग्रता

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
narainapur.png

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर ५ का १२ स्थानमा अग्रता लिएको छ । यस्तै, फोरम नेपालले २२ ठाउँमा टक्कर दिइरहेको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिकामा फोरम नेपालले अग्रता लिएको छ । रोहिणीमा फोरम नेपालका उम्मेदवारले ५ सय ६३ मत ल्याएका छन् । यस्तै, काँग्रेसले ४ सय १३ मत ल्याउँदा राप्रपाले ४ सय ४९ मत ल्याएर फोरमलाई पछ्याइरहेको छ । रोहिणीमा माओवादी केन्द्रले २ सय ९५ मत ल्याउँदा एमालेले जम्मा ६८ मत ल्याएको छ ।

यस्तै, बाँकेको डुडुवा गाउँपालिकामा फोरम नेपालका उम्मेदवारले काँग्रेस उम्मेदवारलाई चुनौती दिइरहेका छन् । काँग्रेस उम्मेदवारले ६ सय ४६ मत ल्याउँदा फोरम नेपालका उम्मेदवारले ६ सय ३६ मत ल्याएर टक्कर टिइरहेका छन् । माओवादी केन्द्रले ५५ र एमालेले ३६ मत ल्याएको छ । यस्तै, फोरम लोकतान्त्रिकले ७८ मत ल्याएको छ ।

बाँकेको नरैनापुर गाउँपालिकामा फोरम नेपालका उम्मेदवारले निकै मतन्तरले अग्रता लिएका छन् । फोरम उम्मेदवारले एक हजार ३२ मत ल्याउँदा काँग्रेस उम्मेदवारले ३ सय ७० र एमाले उम्मेदवारले ३ सय ९३ मत ल्याएका छन् । जहाँ राप्रपाले एक सय २६ मत ल्याएको छ ।

रुपन्देशीको लुम्बिनी साँस्कृतिक नरपालिकामा राजपाका स्वतन्त्र उम्मेदवारले १ सय १७ मत ल्याएका छन् । फोरमको ३८ मत आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ