arrow

आईएस आक्रमणबाट २५ इराकी योद्धाको मृत्यु

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
iraq.jpg.jpeg
बग्दाद (इराक) । कम्तिमा २५ इराकी योद्धा इस्लामिक स्टेट (आईएस) सँगको तीन दिन लामो सङ्घर्षका क्रममा इराकको अनवर प्रान्तको हाडिथा क्षेत्रमा सरकार समर्थित जनजाति समूहमा आवद्ध योद्धाको मृत्यु भएको इराकको सुरक्षा स्रोतले जनाएको छ । हामीले २५ जना योद्धालाई ७२ घण्टा लामो युद्धमा गुमाउन पुगेका छौँ, जनजाति समूहमा आवद्ध एक कमान्डर सेख अवदाब्लाह अतालाहले एएफपीसँगको फोन वार्तामा बताए । 
 
यो क्षेत्र उक्त प्रान्तको एउटा महत्वपूर्ण बाध भएको तर आईएस समूहले सन् २०१४ देखि आफ्नो आश्रयसथलका रुपमा प्रयोग गर्दै आएको क्षेत्र हो । यो सम्भवत यस इलाकामा अहिलेसम्म आइएस समुहसँग भएको सबैभन्दा ठूलो झडप हो, उनले बताए । आईएसका आतङ्ककारी दस्ताले हाडिथालाई एक्कासी तीन वटै क्षेत्रबाट आक्रमण गर्दा भएको उक्त झडपमा दर्जनौँ घाइते भएको उनले बताए । 
 
बग्दादको करिब २०० किलोमिटर उत्तरपश्चिममा रहेको हाडिथाका नगरप्रमुख मबरोक हमिदले घटनामा २५ जनाको मृत्यु भएको खबरको पुष्टि गरेका छन् । हामीले देशहितका लागि सङ्घर्ष गर्ने २० जनाभन्दा बढी लडाकूलाई गुमाएका छौँ भने ५० जना बढी घाइते भएका छन्, हमिदले भने । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ