arrow

राती साढे २ बजेसम्म कुन् पार्टीको स्थिती कस्तो ? (विवरण सहित) 

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार

काठमाडौं । राती २ बजेसम्म मुख्य तीन तीन पार्टीहरुले एकएक गाउँपालिकामा विजय हाँसिल गर्ने बाहेक अन्यत्रको नतिजा आएको छैन । यद्यपि प्रारम्भिक नतिजाहरुमा कसको कहाँ अग्रता रहेको छ भन्ने विषय भने चलिरहेको छ । 

अहिलेसम्म कूल २१० वटा स्थानीय तहको प्रारम्भिक मतपरिणाम आउन थालिसकेको छ । जसमध्ये ८७ वटा नगरपालिका तथा १ सय २३ वटा गाउँपालिकाको प्रारम्भिक नतिजा आएको  । जसमध्ये पनि ३ वटा गाउँपालिकाको सबै मत परिणाम आईसकेको छ । 

जसमध्ये ३१ वटा नगरपालिकामा एमालेको अग्रता रहेको छ भने काँग्रेसले ४३ वटा नगरपालिकामा अग्रता हाँसिल गरेको छ । माओवादीले अहिलेसम्म १० वटा नगरपालिकामा अग्रता हाँसिल गरेको छ । त्यस्तै, ५५ गाउँपालिकामा एमालेको अग्रता रहँदा जम्मा ४२ वटा गाउँपालिकामा काँग्रेसको अग्रता रहेको छ । माओवादीको १९ गाउँपालिकामा अग्रता रहेको छ । 

यसरी अहिलेको समग्र अवस्थालाई हेर्दा एमाले १ गाउँपालिकामा विजयी र ८६ वटा स्थानीइ तहमा एमालेको अग्रता रहेको छ । काँग्रेसको पनि १ गाउँपालिकामा विजयसहित ८५ स्थानीय तहमा काँग्रेस अगाडि रहेको छ । माओवादी भने कूल २९ स्थानीय तहमा अग्रता हासिल गरिरहेको छ । 

 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ