arrow

इलामको देउमाइ नगरपालिकामा काँग्रेसले खाता खोल्यो, सुवास नेम्वाङलाई झड्का

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
ilam_district_map.png

इलाम । इलामको देउमाइ नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । देउमाइको वडा नम्बर १ मा काँग्रेसले जितेको छ । 

काँग्रेसका उम्मेदवार माधव बस्नेत विजयी हुँदा एमालेका उम्मेदवार पराजित भएका छन् । बस्नेतले ६७० मत ल्याउँदा पराजित मिनबहादुर श्रेष्ठले ६३७ मत ल्याए । यो वडामा काँग्रेसले प्यानलै जितेको छ । 

त्यस्तै नगरपालिका प्रमुख र उपप्रमुखमा पनि काँग्रेस नै अगाडि रहेको छ । काँग्रेसका उम्मेदवार होम दुलालले ६६५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार एक सय तीन मतले पछाडि छन् ।
 
माओवादी केन्द्रमा रामकुमार राईको ४०० मत छ । एमाले उम्मेदवार सूर्य पोख्रेलको ५६२ मतमात्र छ । त्यस्तै उपमेयरमा पनि काँग्रेस नै अगाडि छ । 

यो परिणामले भने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई झड्का लागेको छ । एमालेको किल्ला तोडिने सम्भावनासमेत रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ