arrow

एमाले अध्यक्ष ओलीको जिल्लामा राप्रपाको जित

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
Jhapa_District.png

सुरुङ्गा । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गृहनगरमा राप्रपाले जित सुरुवात गरेको छ । नेपालकै होचो ठाउँका रुपमा चिनिएको कचनाकवल गाउँपालिकामा राप्रपाले जित सुरुवात गरेको हो । 

कचनाकवल गाउँपालिका–१ मा राप्रपाका लक्ष्मीनारायण यादवले ८६० मतका साथ जित दर्ता गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रुद्रमणि दाहालले ७३२ मत प्राप्त गरे । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपा र नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । 

दमक नगरपालिका–१ मा अध्यक्ष पदका लागि राप्रपाका ताराप्रसाद अधिकारी र नेकपा एमालेका हरि न्यौपानेले बराबर ८०१÷८०१ मत प्राप्त गरेपछि अहिले के गर्ने भन्ने विषयमा सर्वदलीय बैठक बसिरहेको छ । 

यसअघि राप्रपाले जित हासिल गरेको भनिएको थियो । तर नेकपा एमालेले पुनः मतगणना गर्न माग गरेपछि अधिकारी र न्यौपानेको मत बराबर आएको र अनिर्णित नै रहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ