arrow

केपी अोलीको गृहनगर दमकमा एमालेबाहेकका दलद्वारा मतगणनास्थल बहिस्कार

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
damak_nagarpalika_map.png

काठमाडौं । दमक नगरपालिकामा मतदान अधिकारीले एमालेको पक्षमा रहेका काम गरेको आरोप सहित एमाले बाहेकका दलहरुले मतगणनास्थल बहिस्कार गरेका छन् । शुक्रबार बिहान उनीहरुले मतदान अधिकारी परिवर्तन नगरेसम्म आफूहरु मतगणनास्थलमा सहभागी नहुने अडान लिएका हुन् । 

उनीहरुले अहिले मुख्य निर्वाचन अधिकारीको कार्यलयमा मतदान अधिकारी परिवर्तनको लागि भनेर निवेदन पनि दिईसकेको नेपाली काँग्रेसका झापाका जिल्ला सभापति उद्धव थापाले जानकारी दिए । उनका अनुसार मतदान अधिकारीले सूर्यको पक्षमा आएको बदर मतलाई पनि सदर मान्ने र जसरी पनि एमालेलाई फाईदा हुने गरी निर्णय गर्ने गरेकोले एमालेबाहेकका सबै दलहरुले मतगणनास्थल बहिस्कार गरेको बताए । 

उनले यदि सो निवेदनको सुनुवाई नभएको खण्डमा सबै दलहरु बसेर संयुक्त विज्ञप्ती समेत निकाल्ने तयारी भईरहेको पनि बताए । झापाको अधिकांश स्थानीय तहहरुमा विवाद सिर्जना भईरहेको छ । विहान मात्रै अर्जुनधारा नगरपालिकामा पनि निर्वाचन अधिकारीको यस्तै लापरवाही भएको भन्दै विवाद सिर्जना भएपछि दुई घण्टा मतदान रोकिएको थियो । गौरीगञ्ज लगायतमा पनि विवाद चलिरहेको छ । दमक भने एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ