arrow

मुग्लिन-नारायणगढ सडक दोहोरो पहिरोका कारण पुनः अवरुद्ध, एकको ज्यान गयो 

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
Mugling-Narayanghat.jpeg

काठमाडौं । विहान गएको पहिरो हेर्न गएका चितवनन इच्छाकामना गाउँपालिका वडा नम्बर ६ का ६१ वर्षीय एकबहादुर रानाको ज्यान गएको छ । विहान ८ बजेतिर कालिखोलामा गएको पहिरो खोल्ने काम भईरहेको थियो । सोही पहिरो पन्छाईरहेको हेर्न गएका रानाको पहिरोले बगाएर लगेको अवस्थामा डेढ सय मिटर तल प्रहरीले शव भेटेको छ । उनको शव अहिले आफन्तलाई जिम्मा लगाईसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपक थापाले जानकारी दिए । 

अहिले त्यहाँ दुबै तर्फ बाटो अबरुद्ध रहेको छ । एक्जाभेटरको प्रयोग गरी बाटो खोल्ने प्रयास जारी रहेको भएपनि यही गतिमा काम गर्दा कम्तिमा दुई घण्टा बाटो अवरुद्ध हुने थापाले बताए । फेरि पहिरो गएन भने दुई घण्टापछि बाटो खुल्ने सम्भावना रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ