arrow

दुई प्रदेश जोड्ने एक जिल्ला : जहाँ सबै पार्टीलाई माओवादीले गर्‍‍यो 'क्लिनस्वीप'

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
rukum_moist_killa.png

काठमाडौं । एउटै जिल्ला हो । तर, जिल्लाबासीले भोटहाल्नको लागि झण्डै डेढ महिना अघिपछि भयो । सीमांकनमा राजनीतिक दलहरुले जिल्ला टुक्र्याईदिएपछि यस्तो दृश्य देखिएको हो । स्थानीय तहको दोस्रो चरणको निर्वाचन पनि सकियो । मतगणना पनि आउन थाल्यो । अन्तिम मतगणना आईसक्दा यो जिल्लाले फेरि एउटा नयाँ रेकर्ड राखेको छ । कुनैपनि जिल्लालाई अब यो सबै संयोग जुटाउन कहिलै सम्भव छैन । 

कूल नौ वटा स्थानीय तह रहेको रुकुम जिल्लामा सबै स्थानीय तहहरुको मत परिणाम सार्वजनिक भईसककेको छ । यस अघिको पहिलो चरणको निर्वाचनमा ६ वटा स्थानीय तहमा निर्वाचन भएको रुकुममा दोस्रो चरणको स्थानीय तह निर्वाचनमा तीन वटा तहमा निर्वाचन सम्पन्न भएको हो । तर, ती कुनैपनि स्थानीय तहमा माओवादी इतरका उम्मेदवारहरुले न त अध्यक्षमा चुनाव जिते न त उपाध्यक्षमा नै । कुनैबेला रोल्पालाई आफ्नो पकड क्षेत्र मान्ने माओवादीहरुको असली पकड क्षेत्र रुकुम हो भन्ने सावित गराईदिएको छ, यो स्थानीय तहको निर्वाचनले । 

संविधान सभाको दोस्रो निर्वाचनमा तीन वटै क्षेत्रमा माओवादीले विजय हाँसिल गरेको रुकुममा स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सबै स्थानीय तह माओवादीले जितेको छ । पहिलो चरणको निर्वाचनमा कूल ३ सय ७७ जना जनप्रतिनिधिहरुको लागि भएको निर्वाचनमा माओवादीका ३ सय ६ जना उम्मेदवार विजयी बनेका थिए । यसमा गाउँपालिकाको प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्यहरु समेत समाबेश छन् । बाँकीमध्ये नेपाली काँग्रेसका ६० जना उम्मेदवार र एमालेका ११ जना मात्रै विजयी भएका थिए । 

दोस्रो चरणको निर्वाचनमा पनि माओवादीले आफ्नो पहिलेको विरासतलाई जोगाएको छ । दोस्रो चरणको निर्वाचनमा पनि अन्इ पार्टीहरुले सो जिल्लाका कुनैपनि स्थानीय तहमा प्रमुख र उपप्रमुखमा विजय हाँसिल गर्न सकेनन् । बुधबार सम्पन्न निर्वाचनमा भूमि गाउँपालिकको वडा नं ४ मा काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने पुता उत्तरगंगाको वडा नं ७ र ९ मा पनि काँग्रेसका उम्मेदवार विजयी भएका छन् । सोही गाउँपालिकाको वडा नं १० र १४ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार विजयी भएका छन् । यसबाहेक अरु सबै स्थानीय तहमा माओवादीले अन्य पार्टीलाई क्लिन स्वीप गरिदिएको छ । यसरी एउटा जिल्लामा नै सबै दललाई स्वीप गरिएको नतिजा अहिलेसम्म स्थानीय तहको निर्वाचनमा कतैपनि देखिएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ