arrow

राती १२ बजेसम्मको परिणाम : कसले कहाँ जिते, कहाँ कसको अग्रता ? (विवरण सहित) 

logo
प्रकाशित २०७४ असार १७ शनिबार
matparinam.JPG

काठमाडौं । राती १२ बजेसम्म प्राप्त मतपरिणाम अनुसार ५० वटा स्थानीय तहको निर्वाचनको मत परिणाम आईसकेको छ । जसमा काँग्रेस एमालेबीच नै कडा प्रतिस्पर्धा चलिरहेको छ । अहिलेसम्मको प्रारम्भिक नतिजा आईरहेको स्थानीय तहको संख्या भने २ सय ५७ वटा रहेको छ । 

कूल ५० वटा स्थानीय तह मध्ये ४ वटा नगरपालिका र ४६ वटा गाउँपालिकाको नतिजा सार्वजनिक भईसकेको छ । जसमा नेकपा एमाले २ नगरपालिका र २० गाउँपालिकामा विजयी भएको छ । त्यस्तै, उसलाई पछ्याउँदै हिँडेको नेपाली काँग्रेस पनि दुई नगरपालिका सहित १६ गाउँपालिकामा काँग्रेस विजयी भएको छ । 

अग्रता तर्फ अहिलेसम्म नेकपा एमालेको ९९ स्थानमा अग्रता देखिएको छ भने काँग्रेसको एक सय १३ स्थानमा अग्रता रहेको छ । माओवादी भने नौ वटा स्थानीय तहमा विजयी भएको छ र २८ स्थानीय तहमा अग्रता कायम गरेको छ । 

त्यस्तै, उपमेयरहरुमा नगरपालिकामा काँग्रेस र एमालेको २र२ वटा उपमेयर विजयी छन् भने गाउँपालिका तर्फ एमालेको २३ र काँग्रेसका उम्मेदवारहरु १२ स्थानमा विजयी भएका छन् । माओवादीको भने ९ वटै स्थानीय तहमा उपप्रमुख विजयी भएका छन् । 

त्यस्तै, अन्य दलहरु तर्फ राष्ट्रिय जनमोर्चा एउटा गाउँपालिकामा विजयी भएको छ । उपप्रमुखमा पनि जनमोर्चाले नै एउटा गाउँपालिका खाता खोलेको छ । 

मत परिणामको बारेमा विस्तृत जानकारी पाउनको लागि यहाँ क्लिक गर्नुहोस् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ