arrow

राती ३ बजेसम्मको परिणाम : नगरपालिकामा काँग्रेस अगाडि, समग्रमा एमाले

logo
प्रकाशित २०७४ असार १७ शनिबार
matparinam1.JPG

काठमाडौं । राती ३ बजेसम्म प्राप्त मतपरिणाम अनुसार ५४ वटा स्थानीय तहको निर्वाचनको मत परिणाम आईसकेको छ । जसमा काँग्रेस एमालेबीच नै कडा प्रतिस्पर्धा चलिरहेको छ । अहिलेसम्मको प्रारम्भिक नतिजा आईरहेको स्थानीय तहको संख्या भने २ सय ५४ वटा रहेको छ । 

कूल ५० वटा स्थानीय तह मध्ये ५ वटा नगरपालिका र ४९ वटा गाउँपालिकाको नतिजा सार्वजनिक भईसकेको छ । जसमा नेकपा एमाले २ नगरपालिका र २२ गाउँपालिकामा विजयी भएको छ । त्यस्तै, उसलाई पछ्यार्इरह्को नेपाली काँग्रेस भने ३ नगरपालिका सहित १६ गाउँपालिकामा विजयी भएको छ । 

अग्रता तर्फ अहिलेसम्म नेकपा एमालेको ९८ स्थान देखिएको छ भने काँग्रेसको एक सय ११ स्थानमा अग्रता देखिएको छ। माओवादीले भने नौ वटा स्थानीय तहमा विजयी भएको छ र २८ स्थानीय तहमा अग्रता कायम गरेको छ । 

त्यस्तै, उपमेयरहरु तर्फ काँग्रेसको २ र एमालेको ३ जना उम्मेदवारहरुले उपमेयर जितेका छन् । गाउँपालिका तर्फ एमालेको २४ र काँग्रेसका उम्मेदवारहरु १३ स्थानमा विजयी भएका छन् । माओवादीको भने ९ वटै स्थानीय तहमा उपप्रमुख विजयी भएका छन् । 

त्यस्तै, अन्य दलहरु तर्फ राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी फोरमले एकएकवटा गाउँपालिकामा विजय हाँसिल गरेका छन् । उपप्रमुखमा पनि जनमोर्चा र फोरमले नै एकएकवटा गाउँपालिका खाता खोलेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ