arrow

धनकुटाको पाख्रीवास नगरपालिकामा एमालेको क्लिनस्वीप

logo
प्रकाशित २०७४ असार १७ शनिबार
dhankuta.png

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा नेकपा एमालेले रवाफपूर्ण जित हासिल गरेको छ । एमालेले मेयर र उपमेयरसहित ५२ वटै पदमा  क्लिनस्वीप गरेको हो । 

१० वटा वडा रहेको नगरपालिकाको मेयरमा विर्खबहादुर रार्इ ४,४३९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी इन्दिरा थापाले १,६२८ मतमात्र पाएकी छिन् ।

उपमेयरमा एमालेकै देवकला पौडेलले ४,४२६ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका ज्ञानबहादुर गुरूङले १,८३३ मतमात्र बटुले ।

राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री सुनीलबहादुर थापाले मतदान गरेको क्षेत्रमा राप्रपा भने तेस्रो स्थानमा रह्यो । राप्रपाका मेयरका उम्मेदवार श्याम गुरुङले १,५६५ र उपमेयरमा पवित्रा श्रेष्ठले १,१६९ मत पाइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ