arrow

मतपेटिका भित्र जतिवटा मतपत्र छ त्यति नै खसेको मत मान्न आयोगको निर्देशन 

logo
प्रकाशित २०७४ असार १७ शनिबार
Election_commition.jpeg

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत २०७४ साल असार १४ गते सम्पन्न गाउँपालिका÷नगरपालिका निर्वाचनको मतगणनाको क्रममा मतपेटिकामा देखिएको मतसंख्या नै मतदान भएको वास्तविक मतसंख्या मानेर मतगणना कार्यलाई अगाडि बढाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले स्थानीय तह निर्वाचनअन्तर्गत २०७४ साल असार १४ गते सम्पन्न गाउँपालिका÷नगरपालिका निर्वाचनको मतगणनाको क्रममा कुनै कुनै स्थानीय तहमा मतदान अधिकृतले उल्लेख गरेको मतपत्रको संख्या र मतगणनाको क्रममा देखिएको मतपत्रको संख्यामा फरक परेको भन्ने सम्बन्धमा के गर्ने भन्ने द्विविधा उत्पन्न भएमा रितपूर्वक मतदान सम्पन्न भई मतपेटिका सिलबन्दी गरिएको र मतपेटिकामा लगाइएका सुरक्षण सिल दुरुस्त रहेको अवस्थामा मतगणना गर्दा मतपेटिकामा देखिएको मतसंख्या नै मतदान भएको वास्तविक मतसंख्या भएकाले सोही अनुरुप गणना गर्न दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका सबै जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरिएको आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ