arrow

देउवाले संस्थापक नेता जोशीलाई भेटे, सहयोगको बचन

logo
प्रकाशित २०७४ असार १७ शनिबार
deuba3.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस संस्थापक नेता एव वरिष्ठ राजनीतिज्ञ रामहरी जोशीको स्वास्थ्य अवस्था बुझेका छन् ।

ललितपुरको अल्का अस्पतालमा उपचार गराइरहेका जोशीलाई भेटेर देउवाले स्वास्थ्य लाभको कामना गरेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले थप उपचारका लागि आफुले गर्नु पर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए ।

गएको सोमबार मात्रै उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले जोशीको स्वास्थ्य अवस्थाबार जानकारी लिएका थिए । उपप्रधानमन्त्री श्रेष्ठले जोशीलाई भेटेपछि, ‘उहाँको अवस्था ठिक छ । स्मरणशक्ति राम्रो छ । स्वास्थ्य लाभ गर्दै हुनुहुन्छ’ –भनेका थिए । प्रधानमन्त्री देउवाले समेत जोशीको अवस्था स्थिर रहेको बताए ।

२००७ सालको परिवर्तनका लागि लडेका स्वतन्त्र सेनानी जोशीले उपचारका लागि बाहिर नजाने भनेका छन् ।
जोशी २०४८ सालको पहिलो क्याविनेटको मन्त्री समेत हुन् । उनी २०४८ सालमा शिक्षा तथा संस्कृति र पर्यटन मन्त्री भएका थिए ।

९३ वर्षीय जोशी मृगौलामा समस्या देखिएपछि झण्डै डेढ साता देखि अल्का हस्पिटलमा उपचार गराइरहेका छन् । उनलाई ज्यूँदा शहीद भनेर समेत चिन्ने गरिन्छ । २०५७ मा पोखरामा भएको १०औँ काँग्रेस महाधिवेशनमा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी सभापतिका उम्मेदवार थिए । जसमा कोइराला ठूलो मतअन्तरले सभापति निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ