राती साढे २ बजेसम्म : प्रतिस्पर्धा काँग्रेस र एमालेबीच नै, कसको कति ?
प्रकाशित २०७४ असार १८ आइतबार
327
Shares
काठमाडौं । राती साढे २ बजेसम्म प्राप्त मतपरिणाम अनुसार १४९ वटा स्थानीय तहको निर्वाचनको मत परिणाम आईसकेको छ । जसमा काँग्रेस एमालेबीच नै कडा प्रतिस्पर्धा चलिरहेको छ । अहिलेसम्मको प्रारम्भिक नतिजा आईरहेको स्थानीय तहको संख्या भने ३ सय २२ वटा रहेको छ ।
कूल १४९ वटा स्थानीय तह मध्ये २८ वटा नगरपालिका र १२१ वटा गाउँपालिकाको नतिजा सार्वजनिक भईसकेको छ । जसमा नेकपा एमाले १२ नगरपालिका र ६१ गाउँपालिकामा विजयी भएको छ । त्यस्तै, उसलाई पछ्यार्इरह्को नेपाली काँग्रेस भने १५ नगरपालिका सहित ३६ गाउँपालिकामा विजयी भएको छ ।
अग्रता तर्फ अहिलेसम्म नेकपा एमालेको ७१ स्थान देखिएको छ भने काँग्रेसको ६९ स्थानमा अग्रता देखिएको छ। माओवादीले भने १ नगरपालिका र २१ गाउँपालिका सहित २२ स्थानमा विजयी भएको छ । अग्रता तर्फ उसको समान ७ र ७ स्थानमा अग्रता रहेको छ ।
त्यस्तै, उपमेयरहरु तर्फ एमाले १४ उपमेयर मा विजयी र ४९ वटामा अगाडि छ । त्यस्तै ६५ गाउँपालिकाको उपप्रमुखमा विजयी भएका एमालेका उम्मेदवारहरु २८ वटामा अगाडि छन् । त्यस्तै, कांग्रेसका उम्मेदवारहरु १२ वटामा विजयी र २६ वटामा अगाडि रहेका छन् । त्यस्तै ३२ गाउँपालिका उपप्रमुखमा विजयी भएका काँग्रेसी उम्मेदवारहरु ३६ वटामा भने विजयी भएका छन् र माओवादीका भने २ वटा नगरमा विजयी र ११ वटामा अग्रस्थानमा छ ।
त्यस्तै, अन्य दलहरु तर्फ राष्ट्रिय जनमोर्चाले २ र संघीय समाजवादी फोरमले एउटा गाउँपालिकामा विजय हाँसिल गरेका छन् । उपप्रमुखमा पनि जनमोर्चा र फोरमको उही परिणाम रहेको छ ।