इटहरी। दुहवी नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमका प्रमुखका उम्मेदवार वेदनारायण गच्छदारले सात हजार ४२० मत प्राप्त गरी विजयी भएका छन्। सोही पार्टीका उपप्रमुख पदका उम्मेदवार सुनिता दाहाल साह छ हजार ६८३ मत प्राप्त गरी विजयी भएकिछिन्।
उनको निकटतम प्रतिद्वन्द्वीमा नेपाली काँग्रेसबाट प्रमुखको उम्मेदवार गौरीशङ्कर रौनियारले पाँच हजार ६१५ मत प्राप्त गरे। काँग्रेसकै उपपमुखका उम्मेदवार कल्पना कार्कीले पाँच हजार ६० मत प्राप्त गरिन्।
त्यसैगरी बर्जुगाउँपालिकामा लोकतान्त्रिक फोरमका अध्यक्षमा उम्मेदवार रघुनन्दन चौधरीले चार हजार ७३४ मत तथा सोही पार्टीका उपाध्यक्षका उम्मेदवार सङ्गीताकुमारी रायले चार हजार ६२२ मत प्राप्त गरी विजयी भएकाछन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार फनिलाल चौधरीले तीन हजार ६९२ मत र सोही पार्टीका उपाध्यक्षमा उम्मेदवार सोमकुमारी गुरुङ रायले तीन हजार ३६८ मत ल्याए। रासस