काठमाडौं । ललितपुर महानगरपालिकाको कार्यपालिकाको बैठक सम्पन्न भएको छ । आईतबार महानगरकार्यालय पुल्चोकमा बसेको बैठकले नगर परिषद्कोे बारेमा निर्णय गरेको प्रवक्ता रुद्र प्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार ललितपुर महानगरपालिकाको नगरपरिषद्को बैठक असार ३० र ३१ गते बस्ने निर्णय गरिएको छ । बैठकले २० गते खुल्ला सत्र र ३१ गते बन्द सत्र गर्ने निर्णय गरेको हो । महानगरपालिकाको बुधबार बोर्ड बैठक बस्ने भएको छ ।
आईतबारको बैठकले विविध विषयमा छलफल भएको भएपनि एउटै विषयमा निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । यस अघि केन्द्रले पठाएको असार मसान्तसम्म महानगरसभा बनाईसक्नुपर्ने अवस्था रहेकोमा योजना तर्जुमा समिति लगायत विभिन्न समितिहरुको गठन गर्नको लागि महानगरपालिकाको बैठक बसेको भएपनि निर्णय भने सो सम्बन्धि भएन ।