arrow

रक्सौलमा गोली चल्यो, स्कुलका बस चालक र गार्ड घाइते

logo
प्रकाशित २०७४ असार १९ सोमबार
goli-chalyo.jpg.jpeg

वीरगञ्ज ।  नेपालको सिमावर्ती भारतीय सहर रक्सौलमा गोली चलेको छ । वीरगञ्ज नजिकैको भारतीय व्यापारीक नाका रक्सौलमा सोमबार बन्दुकधारी  स्कुल परिसरमा अन्धाधुन्द गोली चलाएका हुन् । गोली लागेर स्कुल बसका चालक, सहचालक गरी तीन जना घाइते भएका छन् ।

रक्सौलको मन्सामाई मन्दिर नजिक रहेको क्याम्ब्रिज पब्लिक स्कुल परिसरमा मास्क लगाएर प्रवेश गरेका चार जना बन्दुधारीले गोली चलाएका पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए । विद्यालय बसका चालक विक्रम कुमार, रामायणप्रसाद कुर्मी र सुरक्षा गार्ड ध्रुब साह गम्भीर घाइते भएका हुन् । नेपालतिरका कुनै घाइते नभएको प्रजिअ घिमिरेले बताए ।

घाइते तीन मध्ये एक जनालाई नेशनल मेडिकल कलेज विरगञ्जमा भर्ना गरिएको छ । दुई वटा मोटरसाइकलमा आएका उनीहरुले विद्यालय प्रवेश गर्ने वित्तिकै गोली चलाएका थिए । बन्दुकधारीसँग स्वचालित हतियार रहेको बताइएको छ । गोली हानेपछि उनीहरु त्यहाँबाट फरार भएका छन् । प्रहरीका अनुसार अहिले सम्म उनीहरुको पहिचान भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ