arrow

राजपाले अब एमालेसँग संगत गर्छ : मनिष सुमन

logo
प्रकाशित २०७४ असार १९ सोमबार
manish-suman-g-new.jpeg

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले सरकारलाई दिएको समर्थन एक दुई दिनभित्रै फिर्ता लिने र एमालेसँग सम्बन्ध विस्तार गर्ने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सुमनले एमाले लचक बन्दै गएका कारण राजपा र एमालेबीचको सम्बन्ध सुधारका लागि पहल भैरहेको बताए । नेता सुमनले भने, ‘एमाले अहिले सुध्रिएको छ, राजपा र एमालेवीच अब सम्बन्ध सुधारको लागि पहल भैरहेको छ ।’

उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन आफूहरुले लिनेबारे आन्तरिक छलफल सुरु गरिसकेकोले एक दुई दिनभित्रै निर्णय लिने समेत सुनाए । नेता सुमनले राजपा नेपालसँगकै सहमतिमा निर्वाचन सारिएको भनेर प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्तिलाई गलत र मिथ्या, भनेका छन् । उनले थपे,  ‘देउवाजीले भनेको कुरा गलत हो, के उनी हाम्रा प्रवक्ता हुन र ?’

उनले संविधान संशोधनको बाधक एमाले मात्रै नभएको टिप्पणी गरेका छन्, सत्तारुढ दलले चाहेको भए धेरै अघि नै संशोधन पारित हुने भन्दै उनले भएमाले पनि संविधान संशोधनमा सहभागी हाृेस् भन्ने आफूहरुको चहाना रहेको बताए । सुमनले अगाडि भने,  ‘एमालेपनि मत प्रक्रियामा सहभागी बनोस्, सदनको साँक्षी किनारा बनोस् भन्ने हाम्रो चाहना हो ।’

उनले हालै सम्पन्न भएका स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन जबरजस्ती गरिएको भन्दै यस्तो निर्वाचनको कुनै अर्थ नहुने टिप्पणी गरे । उनले भने,‘यो निर्वाचन भनेको क्षणभरको खुशी मात्रै हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ