arrow

गच्छदारले भने–स्थानीय तहको सङ्ख्या थप हुनसक्छ

logo
प्रकाशित २०७४ असार १९ सोमबार
Bijay-Gachhadar-news-a.jpeg

विराटनगर । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले तेस्रो चरणको निर्वाचनअगावै प्रदेश नम्बर २ मा स्थानीय तहको सङ्ख्यामा वृद्धि हुनसक्ने बताएका छन् ।

विराटनगरमा सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यसका लागि दलहरूको सहमति आवश्यक रहेको स्पष्ट पारे ।

असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा भाग लिने परिस्थितिको निर्माण गर्न आवश्यक रहेको प्रसङ्ग कोट्याउँदै गच्छदारले संविधान संशोधनलगायतका प्रस्ताव पारित गराउन एमालेले उदारतासाथ सहयोग गर्नुपर्ने धारणा राखे ।

तेस्रो चरणको निर्वाचन सम्पन्न भएपछि संविधान संशोधनको पहिलो कार्यभार पुरा हुने उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले निर्धारित समयमै प्रदेश र सङ्घीय संसद्को निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका गच्छदारले दोस्रो चरणको निर्वाचन परिणामले आफ्नो पार्टी एउटा शक्तिको रुपमा देखिएको भन्दै उनले आगामी दिनको निर्वाचनमा अन्य दलसँग सहकार्य गर्न सदैव ढोका खुला राखेको धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ