धरानमा सर्वदलीय बस्दै, मतपत्रको विषयमा जारी विवाद अन्त्य गर्ने प्रयास 

प्रकाशित मिति : २०७४ असार २० मंगलबार

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा राती एमालेका एजेण्टहरुले ५० मत बढाएर मत गनेपछि सुरु भएको विवादका कारण सोमबार रातीदेखि रोकिएको मत गणना सुचारु गर्नेबारे छलफल गर्न धरानमा सर्वदलीय बैठक चलिरहेको छ । जिल्ला निर्वाचन अधिकारी जानकी कर्णका अनुसार अहिले पौने दुई बजेसम्म पनि सो विषयमा छलफल गर्नकोे लागि सर्वदलीय बैठक चलिरहेको छ । 

सोमबार राती १२ बजेतिर एमालेका एजेण्टहरुले आएको मत भन्दा ५० मत बढाएर गन्ती गरेपछि यो विवाद सुरु भएको हो । सर्वदलीय बैठकले यसलाई मान्ने कि नमान्ने उनीहरुलाई के कारबाही गर्ने र कसरी मतगणनालाई व्यवस्थित बनाउने भन्ने विषयमा निर्णय गर्नको लागि बैठक चलिरहको बताए । 
 

नयाँ