arrow

गृहमन्त्री शर्माकै जिल्लामा दुई दिन लाइन बस्दा पनि पाइएन नागरिकता

उज्यालो अभियान चलाएका शर्मालाई अझै विजुलीको चुनाैती

logo
हाम्रा कुरा
प्रकाशित २०७४ असार २० मंगलबार
rukum.JPG

रुकुम, । बाँफिकोट गाउँपालिका–६ की सुष्मिता पुन जनजातिको जातीय सिफारिस लिनका लागि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा लामबद्ध लागेको दुई दिन भयो ।

यस्तै अर्का एक नागरिकले दुई दिन लाइन बस्दा पनि नागरिकता पाउन सकेनन् । बाँफिकोट–२ कै नन्दराम केसी पनि नाता प्रमाणितको सिफारिस लिनका लागि लामबद्ध बसेको दुई दिन वित्यो ।

जिल्लामा विद्युत् सेवा अनियमित हुँदा जिल्ला प्रशासनलगायत सरकारी कार्यालयको नियमित काममा समस्या भएको छ । सेवा लिनका लागि गाउँबाट आएका सर्वसाधारण विद्युत् अनियमितता भएसँगै मर्कामा परेका छन् । प्रशासन कार्यालयमा वैकल्पिक व्यवस्था नहुँदा नागरिकता लिनका लागि दुई दिनसम्म पनि लामबद्ध बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ । केही समय अघि ऊर्जा मन्त्रालयमा हुँदा उज्यालो अभियान चलाएका मन्त्री शर्माकै गृहजिल्लामा सेवाग्राहीले सास्ती व्यहोरिरहेका छन ।

दुई दिनदेखि लामबद्ध बस्दा नागरिकता मात्र नभई सिफारिससम्म पनि बनाउन नसकेको सर्वसाधारणको गुनासो छ । प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकतालगायत अन्य सिफारिस बनाउनका लागि कार्यालयको प्राङ्गणमा सेवाग्राहीको आइतबारदेखि लागेको लाम मंगलबारसम्म घटेन ।

तीन दिनसम्म पनि लाम कत्ति नघटेको र नागरिक बडापत्रमा भनेजस्तो गरेर आफूहरुले सेवा नपाएको लाममा पालो कुरेर बसेका सर्वसाधारणको गुनासो छ । प्रशासन कार्यालयका साथै जिल्लाका अन्य प्रायः सबै सरकारी कार्यालयमा अहिले यसरी नै सर्वसाधारणको भिड लाग्ने गरेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ